सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला « Khabarhub

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ । उनको शव आज ओखलढुङ्गामा फेला परेको हो ।

नदीमा सँगै हामफालेका उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ पतिसँगै बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली र ओखलढुङ्गाको सीमास्थित सुनकोशी नदीमा फेला परेको हो ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदीको किनारमा तैरिएको अवस्थामा तिलकुमारीको शव फेला परेको सूचना अधिकारी विष्टले जानकारी दिए । केदारनाथको खोजी कार्य जारी छ ।

तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । पराजुली दम्पत्तिले बुधबार साँझ नदीमा हामफालेको जानकारी पाएपछि सोही रातिदेखि नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : ०५ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ