बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु « Khabarhub

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन अभियानको सुरु गरेको छ । चिकित्सालयले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको हो ।

चिकित्सालयले स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको एकपटक तिथि–मितिअनुसार पुष्य नक्षत्रको दिन पारेर आयोजना गरिने भएको हो । कार्यक्रम हुने दिन तथा समय सार्वजनिक सूचनामार्फत जानकारी गराइने चिकित्सालयका प्रमुख अर्जुन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नियमित तथा चिकित्सकीय परामर्शअनुसार गरिने स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक र मानसिक विकासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ । सो अभियानको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले मङ्गलबार उद्घाटन गरे ।

पाँच वर्षमुनिका बालबालिकालाई निर्धारित मितिमा ल्याई स्वर्णविन्दु प्राशन गराउन सक्ने उपाध्यायको भनाइ छ । अभियान सुरुआतको दिन मङ्गलबार करिब एक सय बालबालिकाको नाम सूचीकृत गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ८ : २४ बजे

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त