विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ « Khabarhub

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला अत्यावश्यक एलपी ग्यासको चरम अभाव हुनु र व्यवसायीले मनपरी मूल्य बढाउनु आपत्तिजनक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो संकटका बेला उपभोक्ताको पीडाप्रति राज्य संयन्त्र संवेदनशील नभएको आरोप लगाएका छन्।

विद्यमान एलपी ग्यास विनियमावली, २०६५ अनुसार आयल निगमलाई मात्र मूल्य समायोजनको अधिकार भए पनि ढुवानी खर्च बढेको बहानामा व्यवसायीहरूले आफूखुसी मूल्य बढाएको घिसिङको भनाइ छ। प्राकृतिक विपत्तिका बेला भएको यस्तो मनपरी र आपूर्ति अवरोधप्रति सरकार मौन बस्नु झनै गैरजिम्मेवारपूर्ण रहेको उनले उल्लेख गरेका छन्।

खाना पकाउन विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने समयमा विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर निरुत्साहित गरिएको भन्दै उनले चासो व्यक्त गरेका छन्। “एकातिर ग्यास छैन, अर्कोतिर विद्युत् महँगो बनाइएको छ,” उनले भनेका छन्, “यसको सोझो मार सर्वसाधारण र आमउपभोक्तामा परेको छ।”

नेपाल आयल निगमको आफ्नै ग्यास बोट्लिङ प्लान्ट नहुनुलाई दुर्भाग्यपूर्ण भन्दै पूर्वमन्त्री घिसिङले आयातित ग्यासको परनिर्भरता घटाएर स्वदेशी विद्युतीय ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्।

घिसिङले सरकारसमक्ष राखेका पाँचबुँदे माग

  • ग्यासमा भइरहेको कालोबजारी, कृत्रिम अभाव र मनपरी मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नुपर्ने।
  • स्वीकृतिबिना गरिएको ग्यासको मूल्यवृद्धि फिर्ता लिनुपर्ने।
  • देशभर ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने।
  • संकटका बेला उपभोक्तामाथि थप आर्थिक भार थोपर्ने काम रोक्नुपर्ने।
  • घरायसी प्रयोजनमा विद्युत् खपत बढाउन लगाइएको भ्याट तत्काल हटाउनुपर्ने।

साथै, विपत्तिका कारण अवरुद्ध भएका राजमार्गको वैकल्पिक व्यवस्था गर्न र दीर्घकालीन रूपमा भरपर्दो मार्ग निर्माणलाई प्राथमिकता दिन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ८ : १६ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन