अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ « Khabarhub

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव बुधबार बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ ।

मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए ।

“हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिराका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो । हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल पनि गरेका थियौँ, कतै पहिरो गएको कारणले हो कि भनेर माथि बुझ्न भनेका छौँ, तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा बगेकाले जोखिम देखिदैन । सबै जना ढुक्क भए हुन्छ”, अध्यक्ष गुरुङले भने।

खोला थुनिएपछिको सम्भावित जोखिमपछि मोदी र किम्रुङखोला नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो । जिल्ला प्रहरी कार्यालयले कास्कीका वीरेठाँटी, नयाँपुल तथा पर्वतको पातीचौर र डिमुवा क्षेत्रमा ‘माइकिङ’ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको थियो भने स्थानीयले रातमा घर छाडेर सुरक्षित स्थानमा निस्किएका थिए ।

खोला थुनिएको हुनसक्ने सूचनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो भने घान्द्रुक, वीरेठाँटी र नयाँपुलबाट समेत प्रहरी परिचालित भएका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । सो बाढीले पुल बगाएको थियो भने होटलहरुमा क्षति पुगेको थियो । त्यसपछि मोदी खोलाको बाढीले अन्नपूर्ण गाउँपालिका चार वडा सिधा सडक सम्पर्कबाट विच्छेद छन् । वीरेठाँटी–घान्द्रुक सडक तीन सातादेखि अवरुद्ध बनेकाले अहिले वीरेठाँटीमा पुनर्निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ९ : १८ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको