मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार « Khabarhub

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि बढाएको छ । 

पछिल्लो समयमा समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिचान, उपचार र नियन्त्रणमा बढी जोड दिँदै आएको छ । 

मन्त्रालयका अनुसार त्यस समस्या ग्रामीण भेगभन्दा सहरी क्षेत्रमा बढी देखिएको छ । मानसिक स्वास्थ्य समस्याको न्यूनीकरण तथा रोकथामका लागि मुलुकका सात प्रदेशमध्ये सबैभन्दा पहिला कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्य योजना २०७९०–२०८७ निर्माण गरेको हो ।

चालु आव २०८३/८४ को भदौमा नै मन्त्रालयले मानसिक स्वास्थ्य सुदृढीकरण गर्न शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक तथा जनप्रतिनिधिलाई जनचेतना गराउन थालेको छ । 

राष्ट्रिय जनगणना विसं २०७८ को अन्तिम नतिजाअनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ रहेको छ ।

यद्यपि कुल जनसङ्ख्याको ११ प्रतिशत अर्थात् एक लाख ८५ हजार ७२५ नागरिकमा मानसिक स्वास्थ्य समस्या देखिएकाले बेलैमा रोकथाम, नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले सचेतना तथा अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका मानसिक स्वास्थ्य सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेले जानकारी दिए ।

उनले भने, ‘कर्णालीका करिब ३० हजार मानिसले अहिले पनि मानसिक रोगको औषधि लिइरहेका छन् । यो समस्या अझै एक लाख ५५ हजारमा देखिन्छ । समयमै पहिचान गरी समस्या वृद्धि हुन नदिन कर्णालीका दशवटै जिल्लामा मानसिक स्वास्थ्यका बारेमा शिक्षकलगायतका सरोकारवालाहरूका लागि सचेतना तथा अभिमुखीकरण कार्यक्रम विस्तार गरेको छ ।’

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १२ : १८ बजे

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान