अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू) « Khabarhub

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स परिसरमा निर्माण गरिएका ४५ जना सहिदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।

सालिक सहिदहरूको वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रम रोकिएको हो ।

सालिक अनावरणका लागि कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री सुधन गुरुङ पनि अनावरण नगरी फर्किएका छन् ।

परिवारका सदस्यहरूले सहिदको पहिचान र सम्मानसँग जोडिएको विषय भएकाले सालिकको अनुहार सच्याएर मात्रै अनावरण गर्नुपर्ने माग गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ सहिदको सालिक निर्माण गरिएको थियो ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १२ : ३१ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको