विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ « Khabarhub

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा संयन्त्र खटेका छन् । 

मनोचिकित्सक डा. खगेन्द्र काफ्लेले विपद्का घटनामा प्रत्यक्ष खटिने उद्धारकर्ता, प्रहरी, पत्रकार तथा स्वास्थ्यकर्मीमा पनि मानसिक आघातको उच्च जोखिम हुने बताएका छन् ।

विपद्पछि पीडितसम्म राहत र सहयोग पुर्‍याउने विषयमा ध्यान केन्द्रित हुने भए पनि घटनास्थलमा सबैभन्दा पहिले पुग्ने उद्धारकर्ता, पत्रकार र स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य ओझेलमा पर्ने गरेको उनले बताए ।

‘पहिला पुग्ने उद्धारकर्ताहरू, पुलिसहरू, रिपोर्टिङ गर्न जाने पत्रकारहरू र स्वास्थ्यकर्मीहरूलाई हुने मानसिक आघातको खतरा जो रियलमै घटनामा परेका छन् उनीहरूलाई जति नै बराबर हुन्छ भनिन्छ’, उनले भने ।

उनले यस्ता व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यका लागि ‘सेल्फ केयर’लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनका अनुसार सेल्फ केयरअन्तर्गत सबैभन्दा पहिले आफ्नो सुरक्षा सुनिश्चित गर्ने, दैनिक खानपानमा ध्यान दिने, पर्याप्त पानी पिउने र पर्याप्त निद्रा लिने कुरा महत्त्वपूर्ण छन् ।

त्यस्तै, आफूलाई मानसिक रूपमा असहज वा अस्वस्थ महसुस भएमा नजिकका व्यक्तिसँग आफ्ना समस्या र भावनाहरू साझा गर्नुपर्ने उनले बताए ।

‘साथी, परिवारका सदस्य, सम्बन्धित संस्था तथा सरकारी निकायसँग जोडिएर आफ्ना आवश्यकता व्यक्त गर्न सकियो भने गम्भीर प्रकारको मानसिक समस्या हुनबाट आफूलाई रोक्न सकिन्छ,’ डा. काफ्लेले भने ।

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १ : ४३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु