मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना « Khabarhub

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन् । 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकोले सरकारले केही गर्न नसकेको उनले गुनासो गरिन् । 

मन्त्री यादवले ५८ वटा उद्योगले दैनिक ३–३ हजार सिलिन्डर मात्र काठमाडौं पठाइदिएको भए अभाव नहुने तर उद्योगीहरूले पठाउन नमानेको तर्क गरिन् । 

काठमाडौँका लागि सोमबार  ४५ हजार र मंगलबार ४८ हजार सिलिन्डर हिँडेको भनिए तापनि बजारमा १९–२० हजारभन्दा बढी नपुगेको र बाँकी सिलिन्डर कहाँ हरायो भन्ने पत्ता लाग्न नसकेको उनले बताइन् । 

उनले १० औँ पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको र कानुनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नुपरेको उल्लेख गरिन् । 

मन्त्री यादवले निजी उद्योगीहरूको एकाधिकार तोड्न नेपाल आयल निगम मातहत आफ्नै ग्यास उद्योग खोल्नै पर्ने र देशमा धेरैमा २ वटा भन्दा बढी ग्यास उद्योग आवश्यक नरहेकाले बाँकी उद्योगहरू खारेज गर्नुपर्ने धारणा राखिन् । 

जुनसुकै कम्पनीको खाली सिलिन्डर भए तापनि अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न मिल्ने व्यवस्था गर्न नेपाल आयल निगमलाई कडा निर्देशन दिइएको भन्दै उनले निर्देशन उल्लङ्घन भए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइन् ।
 

त्यस्तै उनले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएका ५ वस्तुहरूमा तेल, ग्यास, लुगा, खाद्यान्न र चिनीमा राज्य आत्मनिर्भर हुनैपर्ने बताइन् । 

मन्त्री यादवले बजारमा चिनीको अभाव हुन नदिन र मूल्यवृद्धि रोक्न १ प्रतिशत भन्सार महसुलमा कुल २५,००० मेट्रिक टन चिनी आयात गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएकाले आगामी असोज २० गतेसम्म यो परिमाणको चिनी आयात गरिसक्ने गरी आपूर्ति व्यवस्थापन भइरहेको जानकारी दिइन् । 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : २३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६