काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली भाषण र औपचारिकताबाट नभई सरकारका काम र व्यवहारबाट पुष्टि हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले जेन-जी नरसंहारका अभियुक्तहरू पक्राउ परेर छुटिसकेको र अहिलेसम्म उनीहरूमाथि मुद्दा नचलाइएको भन्दै सरकारको आलोचना गरे ।
उनले जेन-जी आन्दोलनको जगमा बनेको सरकार भए पनि आन्दोलनमा सहभागी भएकै आधारमा सयौँ युवा जेलमा रहेको दाबी गरे ।
उनले जेन-जी परिषद्को गठन तथा दश बुँदे सम्झौताको कार्यान्वयनमा समेत प्रगति नदेखिएको बताए । उनले भने, ‘सरकार सुशासनको स्पिडमा दौडिन खोज्छ, के नमिलेर हो अदालतले झ्याप झ्याप ब्रेक लगाइदिन्छ ।’
प्रसाईंले अहिले भाषण गर्नेभन्दा सरकारका अहिलेसम्मका काम र कर्मको हिसाबकिताब बुझाउने समय भएको बताए।
‘सत्य तितो हुन्छ सभामुख महोदय, तर पचाउन सक्नुपर्छ। यदि यो ऐतिहासिक अवसरलाई न्याय गर्न सकिएन भने जसका विरुद्ध जेन-जी आन्दोलन भएको थियो, इतिहासले तिनीहरूलाई भन्दा बढी तपाईँ र मलाई धिक्कार्नेछ,’ उनले भने ।
भिडियोमा पनि हेर्नुहोस् :












प्रतिक्रिया