केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर « Khabarhub

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित स्थानीय बासिन्दा अस्थायी आश्रयस्थलबाट घर फर्किन थालेका छन्।

नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी खस्दा उत्पन्न तीव्र गतिका पहिरोको श्रृंखलाले गत अगस्ट २६ मा चीन–नेपाल सीमास्थित केरुङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। घटनामा ठूलो मानवीय क्षति हुनुका साथै केही व्यक्ति बेपत्ता भएका थिए।

पहिरोका कारण बनेको तालले आसपासका गाउँका बासिन्दाको ज्यान र सुरक्षामा गम्भीर जोखिम उत्पन्न गरेपछि स्थानीय प्रशासनले ४९९ जना गाउँलेलाई सुरक्षित स्थानका रूपमा केरुङ सहरमा स्थानान्तरण गरेको थियो।

जोखिम मूल्यांकनका लागि विज्ञहरू परिचालन गरी सम्भावित जोखिमयुक्त क्षेत्रको अध्ययन तथा जलविज्ञानसम्बन्धी अनुगमनसमेत गरिएको थियो।

हाल पहिरोबाट सबैभन्दा बढी प्रभावित केरुङ बन्दरगाह क्षेत्रको माथिल्लो भागमा बनेको तालको पानी निकास भइसकेको छ। त्यसपछि स्थानीय सरकारले प्रभावित बासिन्दालाई घर फर्काउन सवारीसाधनको व्यवस्था गरेको छ।

सोमबारदेखि केरुङ सहरका अस्थायी स्थानान्तरण केन्द्रमा रहेका बासिन्दा व्यवस्थित रूपमा घर फर्किन थालेका हुन्।

तस्बिरहरूमा प्रभावित बासिन्दा अस्थायी स्थानान्तरण केन्द्रबाट सवारीसाधन चढेर घर फर्किँदै गरेको देखिन्छ।

(सिन्ह्वा/तेन्जिङ निमा कादुप)

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ७ : ५८ बजे

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको