बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग « Khabarhub

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले भेट गरेकी छन् ।

साथै बाढी प्रभावितका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट नेपालमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गरिन्। उनले विपद्को यस घडीमा नेपाल सरकार र नेपाली जनताप्रति श्रीलङ्काको ऐक्यबद्धता रहेको बताइन्।

सहयोग ग्रहण गर्दै परराष्ट्रमन्त्री खनालले विपद्का बेला नेपालप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र जनताप्रति आभार व्यक्त गरे।

मन्त्री खनालले श्रीलङ्काको सहयोगले नेपाल र श्रीलङ्काबीचको गहिरो मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिबिम्बित गरेको बताए। उनले विपद्को कठिन समयमा श्रीलङ्काले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवादसमेत व्यक्त गरे।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ५ : ३७ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा