बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग « Khabarhub

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले भेट गरेकी छन् ।

साथै बाढी प्रभावितका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट नेपालमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गरिन्। उनले विपद्को यस घडीमा नेपाल सरकार र नेपाली जनताप्रति श्रीलङ्काको ऐक्यबद्धता रहेको बताइन्।

सहयोग ग्रहण गर्दै परराष्ट्रमन्त्री खनालले विपद्का बेला नेपालप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र जनताप्रति आभार व्यक्त गरे।

मन्त्री खनालले श्रीलङ्काको सहयोगले नेपाल र श्रीलङ्काबीचको गहिरो मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिबिम्बित गरेको बताए। उनले विपद्को कठिन समयमा श्रीलङ्काले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवादसमेत व्यक्त गरे।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ५ : ३७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह