राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह « Khabarhub

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः उल्लेख्य वृद्धि भएको जनाउँदै आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।

विभागले नयाँ राहदानी प्रणाली सुरुआत भएदेखि आमसेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको सङ्ख्या बढेकाले सेवा व्यवस्थापनमा सहयोग पु¥याउन आज अनुरोध गरेको हो ।

विभागले हाल मध्यपूर्वको इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद आगामी असोज २६ गतेसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेको छ ।

त्यस्तै, २०८३ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

सोही कारण अत्यावश्यक अवस्थाबाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेस गर्न विभागले अनुरोध गरेको छ ।

विभागले राहदानी सेवाग्राहीको चाप व्यवस्थापन तथा सहज रूपमा सेवा प्रवाह गर्न सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ९ : ३२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु