मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु « Khabarhub

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको दङ्गामा नौ कैदी र एक परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको छ । घटनामा १६ कैदी घाइते भएका छन् ।

राज्यका अधिकारीहरूका अनुसार बन्दरगाह सहर माजाट्लानस्थित उक्त कारागारमा कैदीका परिवारका सदस्य भेटघाटका लागि आएका बेला दङ्गा भड्किएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार झडपका क्रममा कैदीहरूले बन्दुकसमेत प्रयोग गरेका थिए ।

घटनापछि सेना, नौसेना, राष्ट्रिय सुरक्षा गार्ड र राज्य सुरक्षा बल परिचालन गरिएको थियो । करिब एक हजार ८०० कैदी रहेको उक्त कारागार अहिले सुरक्षा निकायको नियन्त्रणमा रहेको अधिकारीहरूले जनाएका छन् ।

विश्लेषकहरूका अनुसार कारागारमा अत्यधिक भीड, कर्मचारीको अभाव र भ्रष्टाचारका कारण हिंसात्मक घटना बढिरहेका छन् । यसअघि गत मे महिनामा सिनालोआको राजधानी कुलियाकानस्थित कारागारमा भएको दङ्गामा सात कैदीको मृत्यु भएको थियो ।

आधिकारिक तथ्याङ्कअनुसार गत फेब्रुअरीसम्म मेक्सिकोका कारागारमा दुई लाख ६१ हजार ३८८ कैदी थिए ।

सिनालोआमा सन् २०२४ सेप्टेम्बरदेखि लागुऔषध तस्करीमा संलग्न सिनालोआ कार्टेलका दुई गुटबीचको शक्ति सङ्घर्षका कारण हिंसा चर्किएको छ । पूर्वलागुऔषध तस्कर जोआक्विन ‘एल चापो’ गुजमानका छोराहरूको समूह र पूर्वकार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बादाका समर्थकबीचको द्वन्द्वले राज्यको सुरक्षा अवस्था बिग्रिएको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागूऔषध कार्टेलविरुद्ध कडा कारबाही गर्न मेक्सिको सरकारमाथि दबाब दिँदै आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : ४४ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।