पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते « Khabarhub

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भीरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस शुक्रबार बिहान सडकबाट करिब २०० मिटर तल खसेको हो।

दुर्घटनापछि बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएको थियो। उपचारका क्रममा चार बालबालिका र ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने विद्यार्थीमध्ये ममता तिवारी (१२/१३ वर्ष) र अशिम कँडेल (१३/१४ वर्ष) को पहिचान खुलेको छ। अन्य दुई बालिकाको नाम र ठेगाना खुल्न बाँकी छ। तिवारी पोखरा–२८ का बासिन्दा हुन् र उपचारका लागि जान बसमा लिफ्ट मागेर चढेको जनाइएको छ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक विद्यार्थीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा १३ देखि १६ वर्ष उमेर समूहका विद्यार्थी र बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङ छन्। उनी पोखरा महानगरपालिका–१५ का बासिन्दा हुन्।

दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १० : ०९ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि