छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’  « Khabarhub

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । पारिवारिक सम्बन्ध, सामाजिक सोच र छोरीको जीवनसम्बन्धी निर्णयमा अभिभावकको भूमिकालाई प्रश्न गर्ने फिल्मले विशेषगरी छोरीको इच्छा र स्वतन्त्रताको विषयलाई उठाएको छ ।

विनयराज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’ मा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन् । फिल्ममा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथाले अभिभावकले छोरीको इच्छा र चाहनालाई बेवास्ता गर्दै विवाह गराउँदा परिवारमा कस्ता समस्या उत्पन्न हुन सक्छन् भन्ने विषयलाई समेटेको छ ।

विवाहजस्तो महत्त्वपूर्ण निर्णयमा छोरीको चाहनालाई कत्तिको महत्त्व दिइन्छ र आफ्नो जीवनसाथी रोज्ने अधिकार उनलाई कति छ भन्ने प्रश्न पनि फिल्मले उठाएको छ।

पारिवारिक सम्बन्धसँगै सामाजिक सोच र व्यक्तिगत स्वतन्त्रतालाई कथामा जोडेको ‘अक्षरा’ ले दर्शकलाई छोरीको इच्छा र निर्णयको सम्मान गर्नुपर्ने सन्देश दिने निर्माण पक्षको भनाइ छ।

फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणपत्र प्राप्त गरेको छ। अब पारिवारिक कथा र सामाजिक विषयवस्तुमा आधारित यो फिल्मले दर्शकको मन कत्तिको जित्न सक्छ भन्ने चासो छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १२ : ३४ बजे

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको