नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन « Khabarhub

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ  कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रममार्फत औपचारिक रूपमा सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

कृति अवार्ड्सले नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्दै आएको छ । यस वर्षको संस्करण पनि विभिन्न व्यावसायिक तथा नियामक संस्थाहरूको सहकार्य र समर्थनमा आयोजना हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डले अवार्ड्सलाई समर्थन गरेका छन्।

त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल यस वर्षदेखि कृति अवार्ड्सका सह–आयोजकका रूपमा सहभागी भएका छन्। अवार्ड्समा आनका गैर–सदस्यहरूका लागि समेत मनोनयन खुला गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार विभिन्न व्यावसायिक संघसंस्था र सञ्चार क्षेत्रका संस्थाहरूको सहभागिताले कृति अवार्ड्सलाई अझ व्यापक र समावेशी बनाउने अपेक्षा गरिएको छ । 

यसले नेपालको विज्ञापन तथा सञ्चार उद्योगमा सिर्जनशीलता र व्यावसायिक उत्कृष्टताको प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास आयोजकले लिएको छ ।

कार्यक्रममा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो–भिजुअल प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका प्रवर्द्धक एवं मिडिया एलायन्स नेपालका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए ।

१३औँ कृति अवार्ड्सका शीर्ष प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिवाल तथा विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए। आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

कृति अवार्ड्स २०८३ अन्तर्गत नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा उत्कृष्ट सिर्जना र योगदानलाई सम्मान गर्ने प्रक्रिया अघि बढ्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १ : १७ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सप्तरङ्गी पर्व तिहार : पशुपन्छी पूजादेखि भाइटीकासम्म

काठमाडाैँ – सप्तरङ्गी तिहार । संसारमा सायदै यस्ता पर्व अरू

आज २०८३ साल कात्तिक २३ गते सोमबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २३ गते सोमबार सन् २०२६

कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

भक्तपुर – तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती