बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या « Khabarhub

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको छ । जिल्लामा रहेका तालतलैया, नदी आसपास क्षेत्रमा रहेका जङ्गली धान यस वर्ष करिब ४० प्रतिशतसम्म मात्रै रहेका धानको स्थलगत अनुगमन गरेका धान प्रजननविज्ञ डा मुकुन्द भट्टराईले जानकारी दिए । 

उनले बाँकेलाई स्थानीय बाली र जङ्गली धानको अध्ययन केन्द्रका रूपमा विकास गर्न खोजिएको उल्लेख गर्दै यो धानको अवस्था कसरी घटेको भन्ने विषयमा अध्ययन गरिने बताए ।

भट्टराइले भने, ‘जङ्गली धान मात्रै होइन, रैथाने बालीलाई पनि जोगाउन स्थानीय सरकारको समन्वयमा काम गर्ने प्रयास भइरहेको छ ।’ यसको अध्ययन/अनुसन्धान गर्न करिब १० वर्ष लाग्ने उनको भनाइ छ । 

बैजनाथ गाउँपालिका-४ स्थित सुतैया ताल, डुडुवाका केही क्षेत्र, मानखोला आसपासका क्षेत्र र कोहलपुरका केही भागमा जङ्गली धान पाइने जनाउँदै धान प्रजननविज्ञ डा भट्टराइले त्यसको संरक्षण गरिए पनि उत्पादनमा कमी हुँदा अवस्था सङ्कटमा पर्नसक्ने जोखिम बढेको बताए । 

वैशाखदेखि आफैँ विभिन्न तालतलैया र नदी आसपासका क्षेत्रमा हुर्किने बताउँदै असोजमा एक एक दाना सङ्कलन गरी धानको मूल बीउ जोगाउने प्रयास गरिएको अगुवा कृषक तथा जिन बैंक गाभर भ्यालीका प्रमुख पुरमल बस्नेतले जानकारी दिए । 

उनले जलवायु परिवर्तनको असर स्थानीय बाली र जङ्गली धानमा परेको उल्लेख गर्दै यस वर्ष विगतमा जस्तो उत्पादन नहुने भएकाले चिन्ता थपिएको बताए । 

‘यो धान जति पनि विकास भएका धानका प्रजाती छन् त्यसको मूल बीउ हो । यसलाई जोगाउने दायित्व हामी सबैको हो’, उनले भने। बस्नेतले यस वर्ष धेरै वर्षा भएकाले पनि जङ्गली धानको बीउ उत्पादनमा असर परेको जानकारी दिँदै यसमा स्थानीय तहको जागरुकता नभएको बताए । 

उनका अनुसार यस धानको विस्तृत अध्ययन तथा अनुसन्धानका लागि श्रीलङ्काबाट विज्ञ टोली अबको केही दिनमा नै बाँके आउन थालेको छ । 

किसान बस्नेतले ‘धानको वंश’ बचाउन पनि जङ्गली धानको संरक्षणमा जोड दिँदै राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुवांशिक स्रोत केन्द्र, खुमलटारले बाँके सहितका जिल्लामा जङ्गली धानको संरक्षण र प्रयोगबारे अध्ययन गरिरहेको बताए ।

खास गरी बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, स्याङ्जालगायतका जिल्लामा सो धान पाउने गरिन्छ । 

बाँकेमा अघिल्लो वर्ष करिब चार बिघा क्षेत्रफलमा देखिएको सो धान अहिले सात कट्ठा जमिन क्षेत्रफलमा मात्रै रहेको छ । बाँकेमा धेरै मात्रामा निवारा रुफिपोगन गरी दुई प्रजातिको जङ्गली धान फेला परेको छ । 

धेरै क्षेत्रफलमा देखिएको जङ्गली धानको बीउ डिएनए परीक्षण गर्नका लागि केही वर्षअघि कैलालीबाट १० वटा र बाँकेबाट १२ वटा नमूना सङ्कलन भएको थियो ।  रासस

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  २ : २७ बजे

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व