मलेसियामा कार्यरत श्रमिकको ज्याला बढ्यो « Khabarhub

मलेसियामा कार्यरत श्रमिकको ज्याला बढ्यो


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियामा कार्यरत श्रमिकका लागि खुशीको खबर छ । मलेसिया सरकारले श्रमिकहरुको न्यूनतम ज्याला मासिक १ हजार ७ सय रिङ्गेट अर्थात् ६४ हजार २ सय ७ नेपाली रुपैयाँबाट बढाएर २ हजार रिङ्गेट अर्थात् ७५ हजार ५ सय ३८ नेपाली रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ । यो नियम सन् २०२७ को जुन महिनादेखि लागू हुने जनाइएको छ ।

प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले सन् २०२७ को बजेट प्रस्तुत गर्दै बढ्दो जीवनयापन खर्च र श्रमिकको उत्पादकत्वबीचको अन्तरलाई सम्बोधन गर्न यो घोषणा गरिएको बताएका छन् ।

मलेसिया सरकारको यस कदमबाट ४० लाखभन्दा बढी श्रमिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । यद्यपि, ५ करोड रिङ्गेटभन्दा कम वार्षिक कारोबार हुने साना तथा मझौला उद्योगहरूलाई व्यावसायिक सहजताका लागि यो नयाँ व्यवस्थाबाट छुट दिइएको छ ।

प्रधानमन्त्री इब्राहिमका अनुसार मलेसियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा श्रमिकहरूको योगदानको हिस्सा ३३.९ प्रतिशत रहेको छ । यसले आर्थिक उत्पादन र श्रमिकले पाउने आम्दानीबीच ठूलो खाडल रहेको देखाउँ छ ।

न्यूनतम ज्याला वृद्धिका साथै सरकारले अर्ध-दक्ष श्रमिक र स्नातक उत्तीर्णहरूका लागि मासिक न्यूनतम २,५०० रिङ्गेटको नयाँ आम्दानी ढाँचा ल्याउने तयारी पनि गरेको जनाइएको छ । हालको न्यूनतम ज्यालाले तल्लो तहका श्रमिकको आम्दानी बढाए पनि दक्ष जनशक्तिले उनीहरूको योग्यता अनुसारको तलब नपाएको भन्दै यो नयाँ सुधारको प्रस्ताव गरिएको हो ।

यसैगरी, सरकारी लगानी तथा नियन्त्रणमा रहेका कम्पनीहरूले पनि आफ्ना कर्मचारीको न्यूनतम जीविकोपार्जन ज्याला ३ हजार रिङ्गेटबाट बढाएर ३ हजार ४ सय रिङ्गेट पुर्‍याइएको छ । यसबाट करिब २ लाख ३० हजार श्रमिकलाई फाइदा पुग्नेछ ।

निजामती सेवामा भएको तलब वृद्धि तथा बैंकिङ र तेल-ग्यास क्षेत्रका ठूला रोजगारदाताहरूले दिएको प्रतिस्पर्धी सेवा-सुविधाको उदाहरण दिँदै प्रधानमन्त्री अनवारले निजी क्षेत्रका अन्य उद्योगहरूलाई पनि आफ्ना कर्मचारीको तलब ढाँचा पुनरावलोकन गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ४ : १६ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी