वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान « Khabarhub

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएका विश्वप्रकाश शर्माले मतदान गरेका छन् । शुक्रबार साँझ खुलमञ्चस्थित तराई मधेश हलमा पुगेर शर्माले मतदान गरेका हुन् ।

बिहान ७ बजे सुरु भएको मतदान यो समाचार बनाउँदासम्म जारी छ । शर्माले साँझ ७ बजेर १५ मिनेट जाँदा मतदान गरिसकेका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै हुँदैछ । मतगणना राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

सभापतिबाहेक अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिने र सभापतिको नतिजा आएपछि मात्रै गणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : २३ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको