त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती « Khabarhub

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ ।

निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् । त्यस अवसरमा उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिन् । काव्यसभामा कवि यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरे ।

सो कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष प्रसाई, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका कावा संयोजक डा यादव भट्टराई, महाकवि देवकोटा प्रतिष्ठानका संयोजक प्राडा महादेव अवस्थी, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भने  ।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ एकेडेमीको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो । 
 

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ११ : ५१ बजे

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको

पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

काठमाडौं– पर्साको पकहामैनपुर गाउँपालिका २ मा पटका पट्काउने क्रममा छर्रा

राष्ट्रपति पौडेलले गरे गाई पूजा

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज