देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु « Khabarhub

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
 
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।
 
 यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प ५८७७ नम्बरको मोटरसाइकल र भे१०प ९९३६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
 
दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दियामा र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
 
दैलेखको गुराँस गाउँपालिका–१ काफल तोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क प्र ०२–००१ च १२१५ नम्बरको बोलेरो आज बिहान दुर्घटना हुँदा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ ।
 
नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने धादिङ खनियाबास गाउँपालिका–५ घर भएका ४७ वर्षीय बुद्धिमान तामाङ, मोटरसाइकलमा सवार सोही नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ५ : ३४ बजे

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ– कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको

चितवनविरुद्ध काठमाडौंले गुमायो दोस्रो विकेट, रिजनको बलमा साहिल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

जिप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

त्रिवेणी– रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएकाे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन 

काठमाडौं– नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा

डेढ महिनापछि अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती सडक सञ्जालमा जोडिए

म्याग्दी– मनसुनजन्य विपद्का कारण सडक सम्पर्क विच्छेद भएका म्याग्दीको अन्नपूर्ण