परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएकाे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन  « Khabarhub

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएकाे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन 


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा साेमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् ।

नेपालको जलवायु महत्वाकाङ्क्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो ।

पभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । 

उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएका परिवर्तनका कारण उत्पन्न भइरहेका जोखिमप्रति चिन्ता व्यक्त गए ।

हालै जलवायु परिवर्तनका कारण भएको विनाशकारी भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकहरूले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति बेहोर्नुपरिरहेको उल्लेख गरे ।

परराष्ट्रमन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित गर्न तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेकोमा जोड दिए । 

साथै, हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि समेत विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उनले बताए ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहता, सङ्घीय संसद् प्रतिनिधिसभाका सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिहरूले समेत सम्बोधन गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ५ : ०५ बजे

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएकाे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन 

काठमाडौं– नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा

डेढ महिनापछि अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती सडक सञ्जालमा जोडिए

म्याग्दी– मनसुनजन्य विपद्का कारण सडक सम्पर्क विच्छेद भएका म्याग्दीको अन्नपूर्ण

काठमाडौंविरुद्ध चितवनले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ : मधु आचार्य

 काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध,

साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार