‘राजा साव’ सेन्सर परिवर्तनसहित रिलिज, विजयको फिल्मसँग प्रतिस्पर्धा चुनौतीपूर्ण « Khabarhub

‘राजा साव’ सेन्सर परिवर्तनसहित रिलिज, विजयको फिल्मसँग प्रतिस्पर्धा चुनौतीपूर्ण


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउथ सुपरस्टार प्रभासको बहुप्रतीक्षित हरर कमेडी फिल्म ‘राजा साब’ शुक्रबार रिलिज हुँदैछ। तर सेन्सर बोर्डले दुई मुख्य दृश्यमा परिवर्तनको सुझाव दिँदा फिल्मको लम्बाइमा असर परेको छ।

भारतीय मिडियाका अनुसार, पहिलो परिवर्तन भुइँमा बगिरहेको रगत देखाइएको दृश्यमा गरिएको छ। अब उक्त दृश्यमा रगत कालो र सेतो रंगमा देखाइनेछ। दोस्रो परिवर्तन टाउको काटिने दृश्यमा गरिएको छ, जसले फिल्मको रनटाइम चार सेकेन्ड घटाएर १८९ मिनेट (३ घण्टा ९ मिनेट) बनाएको छ।

‘राजा साब’ भारतीय सिनेमा इतिहासकै सबैभन्दा महँगो फिल्म मानिन्छ, जसको बजेट करिब ५०० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। फिल्ममा प्रभाससहित अभिनेत्री निधि अग्रवाल र मालविका मोहनन मुख्य भूमिकामा छन्।

फिल्मको प्रदर्शनमा केही चुनौती देखिएको छ। प्रभासका पछिल्ला फिल्महरूले दर्शकमा अपेक्षित प्रभाव नपारेको अनुभव छ। त्यस्तै, फिल्म थालपति विजयको ‘जन नायकन’सँगै भिड्ने भएकाले शो कटौती र बक्स अफिसमा प्रतिस्पर्धा कठिन हुन सक्ने अनुमान गरिएको छ।

विश्लेषकहरूका अनुसार, ‘राजा साब’ रिलिजको दिनदेखि नै दर्शकको उत्सुकता र प्रतिद्वन्द्वी फिल्मको प्रभावबीच सन्तुलन कायम राख्नुपर्ने चुनौती सामना गर्नेछ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : १७ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले