अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल « Khabarhub

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई लिएर दुवै देशमा राजनीतिक तथा कूटनीतिक हलचल बढेको छ। रुसले भने अमेरिकाबाट अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको दाबी गरेको छ।

सार्वजनिक रूपमा चर्चामा आएको २८ बुँदे अमेरिकी प्रस्तावमा युक्रेनले पूर्वी डोनेत्स्क क्षेत्रबाट पछि हट्नुपर्ने, सैन्य संख्या घटाउनुपर्ने र कहिल्यै नेटोमा सामेल नहुने प्रतिबद्धता गर्नुपर्ने जस्ता शर्तहरू समावेश छन्।

यस विषयमा रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी केही नयाँ कुराहरू देखिरहेका छौँ, तर औपचारिक रूपमा कुनै प्रस्ताव आएको छैन। यी बुँदामा ठोस छलफल पनि भएको छैन।’ तर उनले रुस शान्ति वार्ताका लागि तयार रहेको बताएका छन्।

यो प्रस्ताव त्यस्तो बेला आएको हो, जब रुसले पूर्वी युक्रेनका केही क्षेत्रमा सानो सैन्य प्रगति गरेको दाबी गरेको छ। उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्की आफ्ना शीर्ष अधिकारीहरूमाथि लागेको करिब १० करोड डलरको भ्रष्टाचार आरोपको दबाबमा छन्।

अमेरिकाले प्रस्तावमा जोड बढाइरहेका बेला जेलेंस्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै देशलाई धोखा नदिने स्पष्ट पारेका छन्। उनले अमेरिका सँग प्रस्तावबारे कठिन वार्ता भइरहेको पनि स्वीकार गरे।

झण्डै १० मिनेटको सम्बोधनमा उनले भने, ‘युक्रेन यस्तो कठिन अवस्थामा पुग्न सक्छ, जहाँ उसले या त आफ्नो सम्मान रोज्नुपर्छ, या एउटा महत्त्वपूर्ण सहयोगी गुमाउनुपर्छ।’

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ८ : १२ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३