अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल « Khabarhub

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई लिएर दुवै देशमा राजनीतिक तथा कूटनीतिक हलचल बढेको छ। रुसले भने अमेरिकाबाट अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको दाबी गरेको छ।

सार्वजनिक रूपमा चर्चामा आएको २८ बुँदे अमेरिकी प्रस्तावमा युक्रेनले पूर्वी डोनेत्स्क क्षेत्रबाट पछि हट्नुपर्ने, सैन्य संख्या घटाउनुपर्ने र कहिल्यै नेटोमा सामेल नहुने प्रतिबद्धता गर्नुपर्ने जस्ता शर्तहरू समावेश छन्।

यस विषयमा रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी केही नयाँ कुराहरू देखिरहेका छौँ, तर औपचारिक रूपमा कुनै प्रस्ताव आएको छैन। यी बुँदामा ठोस छलफल पनि भएको छैन।’ तर उनले रुस शान्ति वार्ताका लागि तयार रहेको बताएका छन्।

यो प्रस्ताव त्यस्तो बेला आएको हो, जब रुसले पूर्वी युक्रेनका केही क्षेत्रमा सानो सैन्य प्रगति गरेको दाबी गरेको छ। उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्की आफ्ना शीर्ष अधिकारीहरूमाथि लागेको करिब १० करोड डलरको भ्रष्टाचार आरोपको दबाबमा छन्।

अमेरिकाले प्रस्तावमा जोड बढाइरहेका बेला जेलेंस्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै देशलाई धोखा नदिने स्पष्ट पारेका छन्। उनले अमेरिका सँग प्रस्तावबारे कठिन वार्ता भइरहेको पनि स्वीकार गरे।

झण्डै १० मिनेटको सम्बोधनमा उनले भने, ‘युक्रेन यस्तो कठिन अवस्थामा पुग्न सक्छ, जहाँ उसले या त आफ्नो सम्मान रोज्नुपर्छ, या एउटा महत्त्वपूर्ण सहयोगी गुमाउनुपर्छ।’

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ८ : १२ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका