एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन « Khabarhub

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका) ले मन्त्री बब्लु गुप्तालाई आफ्नो कुनै पनि आधिकारिक कार्यक्रममा नबोलाइएको स्पष्ट पारेको छ।

एनआरएनए अमेरिकाले जारी गरेको प्रेस विज्ञप्तिमा संघको नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भन्दै सार्वजनिक गरिएका सूचनाहरू भ्रामक रहेको जनाएको छ।

संघका अनुसार एनआरएनए अमेरिका अन्तर्गत आयोजना हुने कार्यक्रम, भेटघाट वा औपचारिक गतिविधिमा मन्त्री गुप्तालाई कुनै पनि किसिमको औपचारिक निमन्त्रणा दिइएको छैन।

संघले आफ्नो नाम, लोगो तथा संस्थागत पहिचान प्रयोग गरी अनधिकृत रूपमा कार्यक्रम वा गतिविधि सञ्चालन गरिएकोप्रति आपत्ति जनाएको छ। साथै यस्ता कार्यहरू संघको विधान र अमेरिकी कानुनविपरीत भएको उल्लेख गर्दै त्यसप्रति संघको कुनै संलग्नता नरहेको स्पष्ट गरिएको छ।

एनआरएनए अमेरिकाले आधिकारिक निर्णय र कार्यक्रमहरू केवल संस्थाको वैधानिक संरचनामार्फत मात्र हुने जनाएको छ। साथै, संघको नाम जोडेर हुने कुनै पनि अनधिकृत गतिविधिप्रति सतर्क रहन नेपाली समुदाय, सदस्य तथा सरोकारवालालाई आग्रह गरिएको छ।

संघले यस्ता भ्रम सिर्जना गर्ने गतिविधि दोहोरिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : २६ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका