बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ? « Khabarhub

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को हो भन्ने प्रश्न उठाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गरेका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने जिम्मेवारी एमाले नेतृत्वको सरकारकै भएको उल्लेख गर्दै त्यसलाई जलाउन उक्साउने अभिव्यक्ति कसले दियो भन्ने प्रश्न गरेका हुन्।

‘अब प्रश्न गरौँ, भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो रु र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’ उनले लेखेका छन्।

उनको यो टिप्पणी केही महिनाअघि मेयर बालेन साहले सार्वजनिक बिदाको दिन उनकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएको प्रसङ्गसँग जोडेर आएको हो। त्यसपछि जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जलाइएको घटनालाई स्मरण गराउँदै पोखरेलले जिम्मेवारीको प्रश्न उठाएका छन्।

पोखरेलको अभिव्यक्तिलाई मेयर बालेन लक्षित टिप्पणीका रूपमा हेरिएको छ। यस विषयमा मेयर साहको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : ४९ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका