मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी « Khabarhub

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री कानुनविपरीत भएको दाबी गरेको छ। रुसी विदेश मन्त्रालयले यसबारेआधिकारिक वक्तव्य जारी गर्दै अमेरिकाको कदमको विरोध गरेको हो।

विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेको छ, ‘समुद्रमा कानुनअनुसार सञ्चालनमा रहेका मैरिनेरा र अन्य जहाजविरुद्ध अमेरिकाले गरिरहेको गैरकानुनी कारबाही तत्काल रोक्न हामी अपील गर्छौं।’ 

साथै, जहाजमा सवार रुसी नागरिकहरूसँग उचित व्यवहार सुनिश्चित गर्न अमेरिकासँग पुनः माग गरिएको छ।

यसअघि अमेरिकाले भेनेजुएलासँग सम्बन्धित दुईवटा तेल ट्यांकर कब्जामा लिएको दाबी गरेको थियो। तीमध्ये एक ट्यांकर उत्तरी अटलान्टिक महासागरमा आइसल्यान्ड र बेलायतको बीचको क्षेत्रमा नियन्त्रणमा लिइएको बताइएको छ।

रुसी झण्डा फहराइरहेको ‘मैरिनेरा’ नामक उक्त जहाजमा तेल नरहेको अमेरिकी पक्षको भनाइ छ। अमेरिकी तटरक्षक बलले सो जहाजलाई केही हप्तादेखि पछ्याइरहेको र अन्ततः नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ४३ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका