कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ : गुरु बराल « Khabarhub

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ : गुरु बराल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको खतरा बढ्दै गएको भन्दै एकता हुनु अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।

इतिहासकै मोडलमा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले पार्टी विभाजन र कमजोर पार्न केही शक्तिहरू सक्रिय रहेको बताए । यही अवस्थालाई ध्यानमा राखेर पार्टीलाई फुटबाट जोगाउने र एकताबद्ध बनाउने विषयमा छलफल गरिएको उनको भनाइ छ ।

‘कांग्रेस कमजोर भयो भने लोकतन्त्र नै कमजोर हुन्छ,’ बरालले भने, ‘भूराजनीति र राष्ट्रिय राजनीतिका कारण पनि कांग्रेस विभाजन हुनु देशका लागि घातक हुन्छ। त्यसैले देशभरका साथीहरूलाई पार्टी एकताका लागि आह्वान गर्ने निर्णय गरेका छौँ ।’

विशेष महाधिवेशनको नाममा पार्टी विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै उनले त्यस्ता गतिविधिमा संलग्न सबैलाई पनि कांग्रेसलाई एकढिक्का बनाउन अपिल गरिएको बताए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : २८ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका