सुशील कोइराला क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द « Khabarhub

सुशील कोइराला क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा पूर्णरूपमा बन्द भएको छ । 

क्यान्सरको उपचार प्रक्रियामा अत्यावश्यक मानिने प्रारम्भिक परीक्षण सेवा नै बन्द भएपछि सेवा प्रभावित भएको हो । अस्पतालका रेडियोलोजिस्ट डा ठाकुर कोइरालाले करिब १० दिनअघि राजीनामा दिएपछि हालसम्म अर्को रेडियोलोजिस्टको व्यवस्था नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले नयाँ डाक्टरको पदपूर्ति नहुँदा बाहिरबाट एकसरे गरेर ल्याउनुपर्ने बाध्यता रहेको बताए । ‘पदपूर्ति नहुँदा भिडिओ एक्सरे गर्न पाएका छैनौँ,’ उनले भने । 

क्यान्सरको पहिचान, उपचारको योजना बनाउने र उपचारको प्रगतिबारे मूल्याङ्कन गर्न भिडियो एक्सरे अनिवार्यजस्तै भएको उल्लेख गर्दै पौडेलले एक्कासि रेडियोलोजिस्टले राजीनामा दिएर गएकाले तत्काल विकल्प नजुट्दा सेवा प्रभावित भएको बताए ।

यसअघि लामो समयसम्म अस्पतालमा ‘पार्टटाइम’ ज्यालादारीमा भिडियो एक्सरे सेवा सञ्चालन हुँदै आएको थियो । करिब एक वर्षअघि डा ठाकुर कोइराला आएपछि भने सो सेवा पूर्णरूपमा नियमित सञ्चालनमा थियो । दैनिक १५ देखि २० जनासम्म बिरामीको भिडियो एक्सरे लिँदै आएका थिए ।

अस्पताल प्रशासनका अनुसार स्थानीयस्तरमै रेडियोलोजिस्ट राख्ने प्रयास गरिए पनि अस्पताल विकास समिति पूर्ण नहुँदा दरबन्दी सिर्जना र विज्ञापन गर्न समस्या भएको छ । ‘स्थानीय स्रोतबाट समाधान खोज्न चाहन्छौँ, तर संरचनागत कमजोरीले गर्दा प्रक्रिया अघि बढाउन सकिएको छैन,’ उनले भने ।

अस्पतालमा उपचारका लागि आएका अधिकांश बिरामीलाई एक्सरे गराउन नेपालगञ्ज पुग्नुपर्ने बाध्यता भएको छ । यस अस्पतालले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : २६ बजे

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार