प्रचण्ड पनि सञ्जय दत्तको फ्यान « Khabarhub

प्रचण्ड पनि सञ्जय दत्तको फ्यान


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायिक कारणले दुई दिने नेपाल भ्रमणमा आएका सञ्जय दत्तलाई भेटेपछि नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको प्रशंसामा शब्द खर्चिएका छन् ।

प्रचण्डले आफ्नो निजी निवासमा बिहीबार साँझ दत्तसँग भेट गरेका हुन् ।

बलिउड कलाकार दत्त र प्रचण्डको भेटको चासो धेरै गरेको पाइन्छ । क्यासिनो उद्घाटन गर्न काठमाडौं आएका दत्तले प्रचण्डलाई भेटेको तस्बिर सार्वजनिक भएपछि धेरै अचम्मित भएका हुन् ।

अहिले पनि प्रचण्डको सचिवालयले दत्तसँग भेटको कारण सार्वजनिक गरेको छैन ।

प्रचण्डले भने सामाजिक सञ्जालमा ‘आफूलाई मन पर्ने बलिउड नायकसँग संयोग मिल्दा भेटेको’ भन्ने आशयको स्ट्याटस राखेका छन् ।

प्रचण्डले दत्तसँगको भेटघाट निकै अविष्मरणीय बनेको भनेका छन् । साथै, दत्तको फ्यान भएको समेत उल्लेख गरेका छन् ।

प्रचण्डले लेखेका छन्, ‘मुन्ना भाइ एमबीबीएसमा उहाँको अभिनयको म सधैँ प्रशंसक रहेको छु । उहाँसँगको कुराकानी निकै रमाइलो भयो ।’

फिल्म ‘मुन्ना भाइ एमबीबीएस’बाट दत्तले ‘बेस्ट एक्टर’ अवार्ड जितेका थिए । उनको ‘ब्याड ब्याइ’ छबिलाई परिवर्तन गराउने फिल्म पनि यही हो । यो फिल्म सन् २००३ मा प्रदर्शनमा आएको थियो ।

साथै, प्रचण्डले दत्तको नेपाल बसाइँ सुखद रहने भन्ने आशा राखेका छन् ।

दत्तकाे नेपालमा पनि राम्रो फ्यान फलोइङ छ । नेपाली स्टारहरुले पनि उनीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ०३ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन