प्रचण्ड पनि सञ्जय दत्तको फ्यान « Khabarhub

प्रचण्ड पनि सञ्जय दत्तको फ्यान


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायिक कारणले दुई दिने नेपाल भ्रमणमा आएका सञ्जय दत्तलाई भेटेपछि नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको प्रशंसामा शब्द खर्चिएका छन् ।

प्रचण्डले आफ्नो निजी निवासमा बिहीबार साँझ दत्तसँग भेट गरेका हुन् ।

बलिउड कलाकार दत्त र प्रचण्डको भेटको चासो धेरै गरेको पाइन्छ । क्यासिनो उद्घाटन गर्न काठमाडौं आएका दत्तले प्रचण्डलाई भेटेको तस्बिर सार्वजनिक भएपछि धेरै अचम्मित भएका हुन् ।

अहिले पनि प्रचण्डको सचिवालयले दत्तसँग भेटको कारण सार्वजनिक गरेको छैन ।

प्रचण्डले भने सामाजिक सञ्जालमा ‘आफूलाई मन पर्ने बलिउड नायकसँग संयोग मिल्दा भेटेको’ भन्ने आशयको स्ट्याटस राखेका छन् ।

प्रचण्डले दत्तसँगको भेटघाट निकै अविष्मरणीय बनेको भनेका छन् । साथै, दत्तको फ्यान भएको समेत उल्लेख गरेका छन् ।

प्रचण्डले लेखेका छन्, ‘मुन्ना भाइ एमबीबीएसमा उहाँको अभिनयको म सधैँ प्रशंसक रहेको छु । उहाँसँगको कुराकानी निकै रमाइलो भयो ।’

फिल्म ‘मुन्ना भाइ एमबीबीएस’बाट दत्तले ‘बेस्ट एक्टर’ अवार्ड जितेका थिए । उनको ‘ब्याड ब्याइ’ छबिलाई परिवर्तन गराउने फिल्म पनि यही हो । यो फिल्म सन् २००३ मा प्रदर्शनमा आएको थियो ।

साथै, प्रचण्डले दत्तको नेपाल बसाइँ सुखद रहने भन्ने आशा राखेका छन् ।

दत्तकाे नेपालमा पनि राम्रो फ्यान फलोइङ छ । नेपाली स्टारहरुले पनि उनीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ०३ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्