गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा « Khabarhub

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गुरुङले गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा त। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’ उनले लेखेका छन् ।

यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्छन् भन्ने स्पष्ट भइसकेको छैन । यसअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई मिलाउन भूमिका खेलेका थिए । यसैकारण उनले रास्वपाको घण्टी चुनाव चिन्ह लिने अपेक्षा गरिएको छ ।

यद्यपि हालै रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा नगर्न नेताहरुलाई आह्वान गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ३१ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३