बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए « Khabarhub

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको पक्षमा उभिएका छन् ।

बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन, मोहनबहादुर बस्नेत, कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारी, सह–महामन्त्री ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठले संयुक्त वक्तव्य निकालेर विशेष महाधिवेशनको पक्षमा आफूलाई उभ्याएका छन् । बागमतीका सभापति इन्द्र बानियाँ भने संस्थापन पक्षमै छन् ।

उनीहरूले लामो समयदेखि देखिएको असहज अवस्था अन्त्य गर्दै विधि र पद्धतिअनुसार अघि बढ्न सहयोग पुर्‍याएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गरेका छन् ।

पार्टी विधानको धारा १७(२) बमोजिम कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको भन्दै उनीहरूले सहभागितका लागि अपील गरेका छन्।

उक्त महाधिवेशनमा बागमती प्रदेशभित्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई सक्रिय उपस्थिति र सहभागिताका लागि उनीहरूले अपील गरेका छन् ।

पुस २७ गते दिउँसो १२ बजे भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनको औपचारिक उद्घाटन सत्रमा पार्टीका अग्रज, नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थित हुन आग्रह पनि गरिएको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ०९ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण