तरुण ३५ केन्द्रीय सदस्यले पार्टी कार्यालयको भेलाप्रति जनाए असहमति « Khabarhub

तरुण ३५ केन्द्रीय सदस्यले पार्टी कार्यालयको भेलाप्रति जनाए असहमति


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस २७ गते अनिवार्य उपस्थितिका लागि जारी गरिएको विज्ञप्तिप्रति गम्भीर असहमति जनाएका छन्।

३५ केन्द्रीय सदस्यले विज्ञप्ती जारी गरेर विशेष महाधिवेशनमा भाग लिन आह्वान गरिएकाे हाे।

तरुण केन्द्रीय कार्यालयबाट जारी उक्त विज्ञप्ति सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि त्यसले बहुमतको बलमा पार्टीलाई यथास्थितिमा राख्ने प्रयासलाई सहयोग गर्ने भन्दै तरुण केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन्।

पुस २५ गते जारी विज्ञप्तिमा तरुण केन्द्रीय सदस्यहरूले बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई समयानुकूल रूपान्तरण र पुनर्गठनमार्फत ‘नवीन कांग्रेस’ निर्माण गर्नुपर्ने बेला यस्ता गतिविधि दुर्भाग्यपूर्ण र लज्जास्पद भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा तरुण दलको विधान, आदर्श, मूल्य र मान्यता विपरीत एकलौटी ढंगले ‘माथिको आदेश’ भन्दै अनिवार्य उपस्थितिका नाममा धम्क्याउने कार्य स्वीकार्य नहुने स्पष्ट गरिएको छ। अध्यक्षको यस्तो निर्णयले तरुणहरूको साहस, ऊर्जा र उत्साहलाई अवमूल्यन गरेको भन्दै केन्द्रीय सदस्यहरूले घोर असहमति र अवज्ञा जनाएका छन्।

तरुण केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेस अहिले परिवर्तनको निर्णायक मोडमा रहेको उल्लेख गर्दै विधानको व्यवस्था, कार्यकर्ताको चाहना र समयको मागअनुसार पार्टीको दोस्रो विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको स्मरण गराएका छन्।

विज्ञप्तिमा सबै तरुण साथीहरूलाई विशेष महाधिवेशन सफल बनाउन प्रतिबद्धताका साथ सहभागी हुन आह्वान गरिएको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : २८ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र