काठमाडौं – आज २०८२ साल माघ २६ गते सोमबार फागुन कृष्ण पक्षको अष्टमी तिथि ।। तदनुसार सन् २०२६ फेब्रुअरी ९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:
मेष : दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ । साथीको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारबाट असहयोग हुने जोखिम छ ।
वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ । धार्मिक क्षेत्रमा झुकाब रहनेछ । धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन हलुका हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मिथुन : दिन राम्रो छ । आज बोलीमा सरस्वतीको बास भएकाले सेवाको भावमा बोल्दा फाइदा हुनेछ । व्यापारमा नाफा हुने योग छ । स्वास्थ्यमा भने समस्या हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । काममा झन्झट बढ्नेछ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
सिंह : सोचेका काम बन्नेछन् । लगानीका क्षेत्र सबल रहेका छन् । राज्यको तर्फबाट सेवाका अवसर प्राप्त हुनेछन् । परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ ।
कन्या : लगानीबाट फाइदा हुने दिन छ । न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । परिवारलाई ठुलो विश्वास गर्दा खटपटी बढ्नेछ ।
तुला :तपाईंको कला र गलाको आज प्रशंसा हुनेछ । सानो विषयलाई छोडेर महत्त्वपूर्ण काम गर्नु उचित हुनेछ । रोग बढ्ने जोखिम छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
वृश्चिक : आज जोगिएर काम गर्नुपर्ने दिन छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुने दिन छ । साथीभाइको साथले खुशी मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । परिवारमा विवाद नगर्नु राम्रो हुनेछ ।
धनु : फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनाले खुशी मिल्नेछ । विपक्षीसँग सचेत भएर अगाडि बढ्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।
मकर : दाम्पत्य जीवन सुखमय बित्नेछ । विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : सानो कुराले अल्झाउने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । टाउको दुख्ने समस्याले सताउने जोखिम छ । धनका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ । शिक्षाको क्षेत्रलाई समय दिन सकेमा दिन शान्त बन्नेछ ।
मीन : सानो विषयले मन अशान्त बन्नसक्छ । आफूलाई कमजोर नसोच्नु राम्रो हुनेछ । रोग बढ्नेछ । परिवारसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ । गणेशको पूजा गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।













प्रतिक्रिया