नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा छ वर्षको जेल सजाय « Khabarhub

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा छ वर्षको जेल सजाय


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।

वकिल मुस्तफा निलीले भनेका छन्, “सरकारविरोधी प्रदर्शनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।’’

मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र उनलाई दुई वर्षको लागि दक्षिण खोरासानको पूर्वी प्रान्तको खोस्फ शहरमा जानबाट प्रतिबन्ध लगाइएको लगाइएको छ ।

इरानी कानुनअनुसार जेल सजाय र यो प्रतिबनध सँगै लागु हुनेछन् ।

निलीले मोहम्मदीको स्वास्थ्य समस्याका कारण उनलाई अस्थायी रूपमा ‘उपचार प्राप्त गर्न जमानतमा रिहाइ’ गर्न सकिने आशा व्यक्त गरेका छन्।

उनले जारी गरिएको फैसला अन्तिम नभएको र पुनरावेदन गर्न सकिने बताए ।

विगत २५ बर्षमा ५३ वर्षीया मोहम्मदीलाई इरानको मृत्युदण्डको प्रयोग र महिलाहरूको लागि अनिवार्य ड्रेस कोडको विरुद्ध मुखर अभियान चलाएको आरोपमा बारम्बार मुद्दा चलाइएको छ र पटक–पटक जेल चलान गरिएको छ ।

मोहम्मदीले पछिल्लो दशकको अधिकांश समय जेलमा बिताएकी छन्। उनले सन् २०१५ देखि पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा बच्चाहरूलाई भेट्न पाएकी छैनन्।

नोबेल पुरस्कार विजेता मोहम्मदी जेलभित्र पनि चुप छैनन् । महिला अधिकारका लागि र सरकारका गलत रबैयाविरूद्ध जेल परिसरमा पनि विरोध प्रदर्शन गरिरहेकी छन्। उनले पटकपटक भोक हड्ताल गरिरहेकी छन्।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : २५ बजे

मतदानपछि नायक विजय बराल– मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्

काठमाडौं – नायक विजय बरालले मतदान गरेका छन् । नायक

निर्वाचनमा खटिएका कर्मचारीले पाएनन् मतदान

काठमाडौं– आज प्रतिनिधिसभा निर्वाचनमा खटिएका कर्मचारीहरूले आफूले मतदान गर्न नपाएको

कांग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्

नेत्रविक्रम चन्दले गरे मतदान

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले मतदान गरेका

हेलिकप्टर चढेर झापातिर जाँदै बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) हेलिकप्टर