निर्वाचन आचारसंहिता पालना गर्न आग्रह « Khabarhub

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा जिल्लामा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो प्राप्त भएपछि अनुगमनलाई तीव्र बनाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिए ।

जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सरकारी सवारीसाधन कार्यालयको नियमित कामकाज बाहेक राजनीतिक कार्यक्रम, जुलुस, सभा, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधिमा प्रयोग नगर्न उनले आग्रह गरे ।

‘सरकारी सवारी साधनको प्रयोग पूर्ण रूपमा आचारसंहिता अनुरूप हुनुपर्छ,’ उनले भने, ‘आचारसंहिताको पालना नगरेमा नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ ।’ आचारसंहिता उल्लङ्घनका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ९ : १९ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले