वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर « Khabarhub

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । तर, यहाँको राजस्व सङ्कलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै ६ महिनामा ३७ अर्ब ८५ करोड सङ्कलन भएको छ ।

दोस्रो धेरै राजस्व सङ्कलन यातायातका साधन र तिनका पार्टपुर्जा आयाबाट भने १३ अर्ब ९८ राजस्व सङ्कलन भएको छ ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए ।

चालु आर्थिक वर्षको ६ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट ६ अर्ब ८३ करोड, कपडा आयातबाट पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट चार अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ ।

त्यस्तै मदिराजन्य पेयपदार्थको आयातबाट भने एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ । शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ०३ बजे

 अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची– प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद

राजीवको बाचा : कसैले हारेको महसुस गर्नु पर्दैन,  सबैको एजेन्डा बोकेर हिँड्छु

काठमाडौं– भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री

तनहुँ-१ मा कांग्रेसका गोविन्द फेरि निराश, स्वर्णिम विजयी 

तनहुँ– तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका

झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)

काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा मतगणनाको नतिजा सार्वजनिक हुन अझै

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ