लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी चलखेल नेपालमा पनि देखियो : प्रचण्ड « Khabarhub

लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी चलखेल नेपालमा पनि देखियो : प्रचण्ड


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् ।  

सोमबार नेकपा काठमाडौं–५ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताएका हुन् ।

विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उनको भनाइ छ । 

यस्ता प्रवृतिको प्रतिबाद गर्नको लागि पनि एउटा नयाँ संकल्प, नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको प्रचण्डले बताए । 

उनले त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेको उल्लेख गरे ।

संयोजक प्रचण्डले विकास निर्माण, सुशासन, भ्रष्टाचारका विरुद्ध, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक विकास र समृद्धिको उत्पादन र रोजगारी सृष्टि गर्ने लगाएत नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले जनतामा फेरि एकचोटि आशा र भरोसा बढ्दै गएको दावी गरे ।

उनले अहिलेको जमाना सोसियल मिडिया, आइटीको भएपनि घर–घरमा गएर जनतालाई प्रत्यक्ष बुझाउने तरिका जस्तो प्रभावकारी अरू नहुने धारणा राखे । 

अहिले नयाँ विचार, सबभन्दा नयाँ राजनीति एजेन्डा भएको पार्टी नेकपा मात्रै भएको उनको भनाइ छ । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ११ : ५९ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति