अवैध गोदाममा छापा मार्दा तस्करको आक्रमण, तीन सशस्त्र प्रहरी घाइते « Khabarhub

अवैध गोदाममा छापा मार्दा तस्करको आक्रमण, तीन सशस्त्र प्रहरी घाइते


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोदाममा छापा मारेको थियो।

छापाका क्रममा करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएर ढुंगामुढा गरेका थिए।

आक्रमणका क्रममा सशस्त्र प्रहरी बल नेपालको एक वानटेन र एक स्कार्पियो गाडीमा क्षति पुगेको छ भने तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

बरामद गरिएको सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको थापाले जानकारी दिए।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १ : १५ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा