‘संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको प्राथमिकतामा’ « Khabarhub

‘संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको प्राथमिकतामा’


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुन निर्माणको कार्यलाई सरकारले प्राथमिकताका साथ सम्पादन गरिरहेको बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरूको पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ सम्पादन गरिरहेको बताएका हुन् ।

उनले संविधान जारी भएपछि हालसम्म १ सय ४६ वटा छुट्टा–छुट्टै ऐनहरू जारी भएको जानकारी दिए । 

मौजुदा ऐनहरूलाई संविधान अनुकूल बनाउन तथा संघीय शासन प्रणाली बमोजिम सुधार गर्न विभिन्न समयमा केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनहरू जारी भएको उनले बताए ।

यसैगरी, उनले मन्त्रालयले मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक र मुलुकी संहिताहरूलाई संशोधन गर्न बनेका विधेयकहरू संघीय संसदमा प्रस्तुत गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको धारणा राखे ।

नेपालको संविधान बमोजिम बनाउनुपर्ने कानुन निर्माण तथा परिमार्जनका लागि संघीय संसदमा बाँकी विधेयक पेश गरिने उनको भनाइ छ । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ४ : ०६ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति