राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका छन् ।

यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएका संयोजकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १ः१५ बजे बस्नेछ । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ४ : ०० बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह