समानुपातिक मत : हर्कको श्रमसंस्कृति पहिलो निर्वाचनमै राष्ट्रिय दल हुने निश्चित « Khabarhub

समानुपातिक मत : हर्कको श्रमसंस्कृति पहिलो निर्वाचनमै राष्ट्रिय दल हुने निश्चित


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समानुपातिक प्रणालीतर्फको मतगणना अहिले देशभर जारी छ। जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फको पनि जोड्दा दुईतिहाइ सिट पुर्‍याउने सम्भावना बलियो देखिएको छ ।

रास्वपाले दुईतिहाइ छुने सम्भावना उच्च हुँदा हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृत पार्टी पनि राष्ट्रिय दल हुने करिब निश्चित भएको छ ।

‘माटो’ चुनाव चिह्न भएको यो पार्टीको भोट तीन लाख ४ हजार पुगेको छ। यसको अर्थ श्रमसंस्कृतिले कम्तीमा पनि चार सिट समानुपातिकबाट पाएर राष्ट्रिय दल हुने करिब निश्चित भएको छ।

यदि समानुपातिकबाट चार सिट पाएमा प्रत्यक्षमा तीन सिट जितेको श्रमसंस्कृति पार्टी पहिलो चुनावी प्रतिस्पर्धामै राष्ट्रिय दल हुने छ ।

आयोगका अनुसार अझै करिब २० लाख मतगणना बाँकी रहेको छ । यो अवस्थामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति पार्टी राष्ट्रिय दल हुने निश्चित देखिएको छ ।

उता रास्वपा भने प्रत्यक्ष जस्तै समानुपातिकमा पनि चुनावी आँधी लिएर अघि बढिरहेको छ। हालसम्म गणना भएको ८६ लाख २२ हजार १२२ मतमध्ये रास्वपाले ४१ लाख ६५ हजार १०१ मत पाएको छ।

त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। कांग्रेसले १३ लाख ९२ हजार ७८२ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ११ लाख ७६ हजार ५१२ मत पाएको छ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ६ लाख ११ हजार ८७८ मत प्राप्त गरेको छ।

अन्य दलतर्फ श्रम संस्कृति पार्टी ले ३ लाख ४ हजार ३६६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ लाख ८२ हजार ६७२ मत प्राप्त गरेको छ।

उता राजावादी एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने अहिले संघर्षरत छ । उसले २ लाख ८३ हजार मत पाइसकेको छ । यदि अन्तिम मतगणनासम्म करिब सवा ३ लाख मत पुर्‍याए राप्रपा पनि राष्ट्रिय पार्टी हुन सक्ने सम्भावना छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ०० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित