हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी « Khabarhub

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ ।

आज दिउँसो १ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ । 

त्यस्तै नेकपा (एमाले)आठ स्थानमा विजयी भएको छ भने एक स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भए। श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ८६ लाख ५३ हजार ४१६ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले ४१ लाख ८० हजार ३२२, कांग्रेसले १३ लाख ९७ हजार ८७४, एमालेले ११ लाख ८० हजार ७९४ र नेकपाले छ लाख १४ हजार ३६०, श्रम संस्कृति पार्टीले तीन लाख चार हजार ५७१ र राप्रपाले दुई लाख ८३ हजार २२१ मत प्राप्त गरेको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ४३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग