निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ   « Khabarhub

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ  


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।  

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगायतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिएका हुन् ।

उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए  । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिए  । 

त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए । 

उनले अभ्यासलाई निरन्तरता यस पटकपछि समानुपातिकतर्फको निर्वाचन कार्यक्रम अघि बढाइएको धारणा राखे । प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । 

निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाको अग्रता रहेको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  २ : ०१ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह