मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि « Khabarhub

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो । 

अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब ११६ डलर पुगेको छ, जुन अघिल्लो मूल्यभन्दा झन्डै २८ प्रतिशतले बढेको हो ।

मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण तेल उत्पादन र ढुवानीमा ठूलो जोखिम उत्पन्न भएपछि विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । विशेषगरी पर्सियन गल्फ क्षेत्रबाट विश्वभर तेल पठाउने प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज अहिले असुरक्षित बनेको छ ।

 यो मार्गबाट दैनिक करिब १५ मिलियन ब्यारेल कच्चा तेल ढुवानी हुने गर्छ, जुन विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हो । युद्धका कारण मिसाइल र ड्रोन आक्रमणको खतरा बढेपछि धेरै तेल ट्याङ्करहरू यो मार्ग प्रयोग गर्न डराउन थालेका छन् ।

युद्धका क्रममा तेल तथा ग्यासका संरचनाहरू पनि निशानामा परेका छन् । इजरायलले तेहरानमा रहेको तेल भण्डारण स्थलमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन् । 

इजरायलले भने ती भण्डारण स्थलहरू इरानको सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गरेको छ । यसबीच इराक, कुवेत र संयुक्त अरब इमिरेट्सले तेल निर्यातमा समस्या देखिएपछि उत्पादन घटाएका छन्, जसले विश्व बजारमा आपूर्ति कम हुने चिन्ता बढाएको छ ।

इरानले दैनिक करिब १६ लाख ब्यारेल तेल निर्यात गर्ने गर्छ, जसको ठूलो हिस्सा चीनले खरिद गर्छ । यदि युद्धका कारण इरानको निर्यात प्रभावित भयो भने चीनले अन्य देशबाट तेल खोज्नुपर्ने अवस्था आउन सक्छ, जसले विश्व बजारमा थप दबाब सिर्जना गर्न सक्छ । यसैबीच प्राकृतिक ग्यासको मूल्य पनि केही बढेको छ, यद्यपि तेलको जस्तो ठूलो वृद्धि भने देखिएको छैन ।

तेलको मूल्य तीव्र रूपमा बढेपछि विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता बढेको छ । ऊर्जा महँगो हुँदा महँगी बढ्ने र उपभोक्ताको खर्च घट्ने सम्भावना हुन्छ । यसले विश्वका प्रमुख शेयर बजारहरूमा पनि असर परेको छ । 

जापानको निक्केई २२५ सूचकांक सोमबार ७ प्रतिशतभन्दा बढीले घटेको छ भने अन्य देशका बजारहरूमा पनि गिरावट देखिएको छ । विश्लेषकहरूले तेलको मूल्य लामो समयसम्म १०० डलरभन्दा माथि रहिरहेमा विश्व अर्थतन्त्रमा गम्भीर दबाब पर्न सक्ने चेतावनी दिएका छन् ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  २ : ४८ बजे

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं– काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु

जब राताम्य उम्मेदवारसँग पराजितले हार्दिकता साटे…..

नेपालको चुनावी राजनीति प्रायः आरोप–प्रत्यारोप, कटु टिप्पणी र दलगत टकराबले

गौरादहका नगरप्रमुखलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

झापा– गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गरेको