गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह « Khabarhub

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ । 

कामपाले केही सहकारीहरूले विदेशी नागरिकलाई सहकारी संस्थाको सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै कामपाले उक्त कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको हो । 

कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई कुनै पनि सहकारी सदस्य बनाउने कार्य कानुन विपरीत रहेको भन्दै नियमसँग गर्न कारोबार गर्न सहकारीलाई आग्रह गरेको हो ।  

कामपाको आग्रहलाई व्यवस्था गरे प्रचलित कानुनबमोजिम कारबाही गर्ने कामपाको तयारी रहेको छ । सहकारी ऐन, २०७४ दफा ३० र काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने स्पष्ट व्यवस्था रहेको पनि काफ्लेले जानकारी दिए ।  

त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० तथा काठमाडौँ महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।   

काफ्लेले लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा  नलाने पनि बताए। यसरी प्रक्रियामानै नआएका सहकारीलाई खारेजीमा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भन्दै सोही अनुरूप प्रक्रिया अघि बढाएको विभागको भनाइ छ ।  

खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि यकिन हुनुपर्ने जनाइएको छ । 

कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी पनि दिइसकेको छ । हाल कामपामा एक हजार ९०० सहकारी छन् ।  

जसमा सबैभन्दा बढी बचत तथा ऋ‍‍ण सहकारी रहेको कामपाले जानकारी दिएको छ ।  
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ३ : २६ बजे

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी

नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं – पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार