राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू) « Khabarhub

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।

सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यलाई संसद्को लोगो प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए  । गत माघ ११ गते राष्ट्रियसभाका १८ सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा, मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका थिए ।

त्यस्तै त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल निर्वाचित भएका थिए भने गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए ।

त्यसैगरि कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ३ : ४२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो