६५५ मतमात्रै ल्याएर हारेका ऋषि धमलाले भने- आमजनता पार्टीसँग मेरो सम्बन्ध छैन « Khabarhub

६५५ मतमात्रै ल्याएर हारेका ऋषि धमलाले भने- आमजनता पार्टीसँग मेरो सम्बन्ध छैन


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट पराजित भएका ऋषि धमलाले आम जनता पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा धमलाले निर्वाचनका लागि मात्रै आफूले आम जनता पार्टीको चुनाव चिन्ह प्रयोग गरेको भन्दै निर्वाचन सकिएकाले अव सो पार्टीसँग कुनै सम्बन्ध नरहेको बताएका हुन् । 

आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको र निर्वाचनमा प्रयोग गरेको मोबाइल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ ।

धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोबाइल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको एकल चुनाव चिह्न लिने सहमतिबमोजिम आफूले प्रयोग गरेको बताए । आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर चुनावमा उठ्न आग्रह गरेको समेत उनले बताए । 

उनले आफूले ६ महिनाअघि नै मधेशमा जन्मिएको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलेको भन्दै अहिले त्यो दिन नजिक आएको उल्लेख गरे ।

धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने बताए । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : ५४ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह