रास्वपाबाट १२५ औँ सांसद बने सुधन, गोरखा–१ बाट दोब्बर मतले विजयी « Khabarhub

रास्वपाबाट १२५ औँ सांसद बने सुधन, गोरखा–१ बाट दोब्बर मतले विजयी


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गोरखा– आफूलाई जेन-जी अभियन्ताका रुपमा चिताउने ३८ वर्षीय सुधन राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिसभामा विजयी हुने १२५ औँ सांसद बनेका छन् ।

फागुन २१ गते भएको निर्वाचनअन्तर्गत सोमबमार आएको नतिजाअनुसार गोरखा क्षेत्र नम्बर १ बाट गुरुङ भारी मतान्तरसहित विजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले १५ हजार ३९९८ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १४ हजार ४९८ रहेको छ ।

तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरिराज अधिकारी रहे । उनले ११,१२४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का रामचन्द्र लामिछानेले ३,७३२ मत पाएका छन्।

गोरखा–१ मा मुख्य प्रतिस्पर्धा रास्वपा र कांग्रेसबीच देखिएको थियो। तर सुधनले फराकिलो मतान्तर कायम गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : १२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग