मध्यपूर्व युद्धको प्रभाव : तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल « Khabarhub

मध्यपूर्व युद्धको प्रभाव : तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशहरूका अर्थमन्त्रीहरूले छलफल गर्ने भएका छन् । 

फ्रान्स सरकारका एक स्रोतका अनुसार सोमबार हुने बैठकमा तेल बजारलाई स्थिर बनाउन रणनीतिक तेल भण्डार प्रयोग गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गरिनेछ ।

फ्रान्सको अर्थ मन्त्रालयले बैठकमा खाडी क्षेत्रको पछिल्लो अवस्थासहित त्यसको विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे समीक्षा गरिने जनाएको छ । पछिल्ला दिनहरूमा अमेरिका–इजरायल र इरानबीचको युद्ध तीव्र हुँदै जाँदा मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने आशंका बढेको छ । 

यही कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ र धेरै देशका शेयर बजारहरूमा पनि अस्थिरता देखिएको छ ।

फ्रान्सले हाल प्रमुख औद्योगिक देशहरूको समूहको घुम्ती अध्यक्षता गरिरहेको छ, जसमा क्यानडा, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पनि सदस्य रहेका छन् । 

ऊर्जा संकटको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती देशहरूले अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्रमार्फत संयुक्त रूपमा रणनीतिक तेल भण्डार बजारमा ल्याउने विषयमा पनि विचार गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल मूल्य बढ्नु इरानको आणविक खतरा हटाउनका लागि तिर्नुपर्ने सानो मूल्य भएको बताएका छन् । 

सन् १९७३ को तेल संकटपछि ऊर्जा आपूर्ति अवरोधको अवस्थामा सदस्य देशहरूबीच समन्वय गरेर प्रतिक्रिया दिन अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्र स्थापना गरिएको थियो । 

ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सदस्य देशहरूले कम्तीमा ९० दिनको आयात बराबरको आपतकालीन तेल भण्डार राख्ने व्यवस्था रहेको छ, जसलाई आवश्यकता परे बजार स्थिर बनाउन प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : १४ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु